×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्ताए बेलायती महारानी एलिजाबेथका पति फिलिपको निधन

अस्ताए बेलायती महारानी एलिजाबेथका पति फिलिपको निधन

काठमाडाैँ । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ।  एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए।

उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनाति–पनातिनी जन्मेका थिए। राजकुमार फिलिप १९२१ मा ग्रिसमा जन्मेका थिए। उनी १८ महिनाको छँदै उनको परिवार ग्रिसबाट विस्थापित भएको थियो।

पछि उनी बेलायती नौसेनामा भर्ती भए। दोस्रो विश्वयुद्धकै क्रममा उनले राजकुमारी एलिजावेथलाई भेटेका थिए। एलिजावेथ महारानी बनेपछि राजकुमार फिलिपले नौसेनाको जागिर छाडेका थिए। त्यतिबेला महारानीको पतिको भूमिका के हुने, स्पष्ट थिएन।

उनले बेलायती उद्योग–व्यवसाय, वातावरणीय मुद्दालगायतलाई समर्थन गर्न थाले।  बेलायती राजपरिवारको आधुनिकीकरणमा उनको भूमिका महत्वपूर्ण मानिन्छ। तर, खासगरी राजकुमारी डायनाको निधनपछि राजपरिवार सार्वजनिक आलोचनाको निसानामा परेको थियो।

उनले सन् २०१७ बाट भने सार्वजनिक जिम्मेवारीबाट विदा लिएका थिए।

प्रतिकृया दिनुहोस्