×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ : अर्थमन्त्री पौडेल

भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । बिहीबार ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले पछिल्लो समय भन्सार विन्दुबाट हुने चुहावट बढ्दै गएको उल्लेख गरे । यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै उनले चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताए ।

भन्सार विन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजारमा सोही वस्तुको मौज्दात बढी देखिने भन्दै यसले ‘लिगल च्यानल’लाई चुनौती दिने काम गरेको उनले बताए । उनले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने औँल्याए ।

अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा चालु आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी आएको बताए । यस्तो आँकडा सुनेर मात्र बस्न सक्ने अवस्थामा सरकार नरहेको उनले उल्लेख गरे ।

राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिने गरिएको उनले बताए । ती कुनै पनि तर्कले राजस्व सङ्कलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्नेमा जोड दिए । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै लक्ष्य भेट्टाउने काम गर्न उनले निर्देशन दिए । अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्