काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानन्त्री माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् । नेकपा एमाले त्यागेरका नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए ।
‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन । सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ’, अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’
पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा नेता भुसाल जोडिएपछि अध्यक्ष नेपालले खुशी व्यक्त गरे ।उनले हाम्रो पार्टी, राम्रो पार्टी, नेकपा एस भन्ने गीतको स्मरण गरे । नेकपा एमाले अब सुध्रिनेवाला नभएको उनको टिप्पणी थियो ।