×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा पाल्पा महोत्सव २०८० सम्पन्न

काठमाडौंमा पाल्पा महोत्सव २०८० सम्पन्न

काठमाडौं- शनिबार काठमाडौंमा पाल्पा महोत्सव २०८० सम्पन्न भएको छ । पाल्पालीहरुको सामुहिक संस्था पाल्पाली संगमले पाल्पाको प्रचारकालागी एक दिने महोत्सव अयोजना गरेको हो ।

महोत्सवमा पाल्पाको कला संस्कृति दर्शाउने संस्कृतिक कार्यक्रमका साथै पाल्पाका प्रख्यात परिकार, पाल्पाली ढाकाका कपडा लगायत पाल्पा संग सम्बन्धीत फोटो, भिडियो प्रदर्शनिमा राखिएको थियो ।

पाल्पा र पाल्पाको स्थानीय उत्पादनलाई प्रवद्धन गर्दै मुलुकको राजधानी काठमाडौंसम्म यसको प्रचार गरि पाल्पाको महत्व झल्काउने उद्देश्यले शनिबार पाल्पा महोत्सवको आयोजना गरिएको थियो ।

गृह जिल्ला पाल्पाबाट काठमाडांैमा बसोबास गर्दैै आएकाहरुबीच आपसी सम्बन्ध कायम राखि सुख दुःखमा साथ दिने उद्देश्यले स्थापना गरिएको पाल्पाली संगम संस्थाले यो महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा कला संस्कृतिक मात्र नभएर सम्रग पाल्पाको प्रचारमा सघाउ विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो । महोत्सवमा काठमाडौंमा बसोबास गर्दै आएका पाल्पाबासीको मात्र नभएर अन्य जिल्लाबासीको पनि बाक्लो उपस्थीति थियो ।

काठमाडैंमा आयोजना भएको यस महोत्सवले पाल्पाबासीलाई मात्र नभएर देशंै भरका नेपालीलाई पाल्पाको बारेमा बुझ्ने अवसर दिएको आयोजकको दाबी छ । प्रदर्शनीमा पाल्पामा उत्पादन भएका ढाकाको कपडा र पाल्पाको प्रख्यात परिकार चुकाउनी मुख्य आकर्षणको रुपमा रहेका थिए ।

२०४३ साल देखि गृह जिल्लामा ढाकाको कपडा उत्पादन गरी काठमाडौंमा व्यापार गर्दै आएका व्यवसायी मोहनराज शर्मा यस्ता कार्यक्रमले थप उर्जा दिने बताउँछन् ।

महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने विभिन्न संस्कतिक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो ।

त्यस्तै, पाल्पा क्षेत्रमा निकै प्रसिद्ध परिकार चुकाउनी, बटुक लगायत पाल्पाली परिकार राखिएको थियो । साथै पाल्पामा उत्पादन भएका ढाका तथा घरेलु उत्पादन, पाल्पासम्बन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन गरीएको थियो ।

महोत्सवमा पाल्पाली संगमले स्वास्थ्यलाई प्रथमिकतामा राख्दै, निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरणका साथै रक्तदानको कार्यक्रम पनि आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस्