वीरगञ्ज- वीरगञ्जबाट प्रहरीले साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया चरेश सहित पक्राउ परेका हुन् ।
वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा रायलाई चरेश सहित पक्राउ गरिएको थियो । रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक मल्लले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।