×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सञ्चारमन्त्री कार्कीद्वारा बकर इदको शुभकामना

सञ्चारमन्त्री कार्कीद्वारा बकर इदको शुभकामना

इनरुवा- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा आउनुभएका मन्त्री कार्कीले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० का अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको हो । मन्त्री कार्कीले यस पर्वले सबैलाई सुखशान्ति र समृद्धि प्रदान गर्नुका साथै पर्वले समाजलाई एकताको सूत्रमा बाँध्नका लागि प्रेरणा प्रदान गरोस भनी कामना गर्नुभएको छ ।

त्यसैगरी बकर इदका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिमकुमारी भगत लगायतले सबैमा शुभकामना दिनुभएको छ । (रासस)

प्रतिकृया दिनुहोस्