×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी दुई देश जहाँ कोकाकोला किन्न पाइँदैन

यी दुई देश जहाँ कोकाकोला किन्न पाइँदैन

काठमाडौँ- कोकाकोला धेरैको रोजाइमा पर्ने पेय पदार्थ हो । यो पेय पदार्थ विश्वका सबैजसाे देशमा सजिलै किन्न सकिन्छ । तर कोकाकोला बिक्री गर्न नपाइने देश पनि छन् ।

बीबीसीका अनुसार ती देश हुन्- उत्तर कोरीया र क्यूवा । यी दुई देशमा कोकाकोला आधिकारिक रुपमा बिक्री गर्न पाइँदैन । यी दुवै देश लामो समयसम्म अमेरिकी व्यापार प्रतिबन्धको अधीनमा रहेकाले यसो भएको हो ।

त्यसैले यी देशमा लुकाएर चीन वा मेक्सिकोबाट आयात गरेर मात्र कोकाकोला बेच्ने गरिन्छ । त्यसरी बेचिने कोकाकोला पिउन यी देशका नागरिकले अरु देशको तुलनामा धेरै रकम तिर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्