काठमाडौँ- पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग क्रिकेट ईपीएलको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरमा बिहीबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले हराउँदै पोखराले उपाधि यात्रा कायमै राखेको हो । उपाधिका लागि पोखराले चितवनसँग शनिबार खेल्नेछ ।
भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले मात्र ३ विकेट गुमाएर १८ ओभर २ बलमा भेट्टायो । पोखराका साहन अरासिगेले नटआउट ५३ र विपिन रावलले नटआउट ४० रन बनाए । पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । भैरहवाका कप्तान शरद भेषावकरले नटआउट ३२ र आरिफ शेखले २७ रन बनाएका थिए । यस्तै, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १० रनमा आउट भए ।