×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सगरमाथा आरोही रोकायालाई मुख्यमन्त्रीको सम्मान

सगरमाथा आरोही रोकायालाई मुख्यमन्त्रीको सम्मान

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सगरमाथा आरोही सुदूरपश्चिम प्रदेशकी चेली सङ्गीता रोकायालाई सोमबार सम्मान गर्नुभएको छ । 
आरोही रोकायालाई सम्मान गर्नुका साथै मुख्यमन्त्री शाहले बधाई दिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बझाङको साइपाल गाउँपालिका –४ की २६ वर्षीया रोकायाले जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । 

रोकायाले सगरमाथाको आरोहण गरेर कीर्तिमान प्राप्त गर्नुभएकाले मुख्यमन्त्री शाहले सम्मान गर्नुभएको सचिवालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस्