जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुनेछ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ । यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।