×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मच्छिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

मच्छिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

काठमाडौँ- साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नेपालको तर्फबाट एएफसी कप छनोट खेल्ने भएको छ।  दशरथ रंगशालामा आइतबार भएको निर्णायक खेलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक एएफसी कपमा छनोट भएको हो।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणमा शिर्ष स्थानमा रहँदै मच्छिन्द्रले छनोटमा स्थान बनाएको हो । पहिलो हाफमा मच्छिन्द्र क्लबले नेपाल पुलिस विरुद्ध लिएको १-० को अग्रता नै निर्णायक बन्यो।

खेलमा साविक च्याम्पियन मच्छिन्द्रले २१ औ मिनेटमा अग्रता लिन सफल भयो । सुनिल बलले विशाल राइको आकर्षक फ्रिकिकलाई सानदार हेडरबाट गोल गर्दै मच्छिन्द्रलाई १-० को अग्रता दिलाएका थिए। सुनिलको यो जारी लिगमा पाँचौं गोल हो।

पहिलो हाफमा पुलिस विरुद्ध मच्छिन्द्रले केही दबाब बनाएको थियो। पुलिसका लागि भने रवि पासवानले केही प्रयास गरेपनि गतिलो मौका सिर्जना गर्न भने टिमले सकेन । गोलपछि मच्छिन्द्रले ४२ औ मिनेटमा अर्को राम्रो अवसर पाएको थियो। विशाल राइले गरेको शक्तिसाली प्रहार पुलिसका गोलरक्षक सत्रुघन चौधरीले मुस्कील क्लियर गरेका थिए।

दोस्रो हाफमा पनि मच्छिन्द्रले केही राम्रा मौका बनाएपनि सदुपयोग गर्न सकेन । पुलिसले भने ७४ औ मिनेटमा बराबरीको राम्रो मौका चुकाएको थियो । सुमन लामाले गरेको प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस दुर्भाग्यासाली बनेको थियो।

त्यस्तै ७८ औ मिनेटमा सब्सटिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुजल श्रेष्ठले गरेको लामो र शक्तिसाली प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले सानदार डाइभ गर्दै क्लियर गरेका थिए। त्यसपछि दुबै टीमबाट थप गोल हुन सकेन र खेलमा मच्छिन्द्रले महत्वपुर्ण ३ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेर एएफसिकपमा छनोट हुन सफल भयो।

मनाङले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइजलाई १-० ले पराजित गर्दै शिर्ष स्थानमा फर्किएको थियो। मनाङ शिर्षमा फर्किएसँगै मच्छिन्द्रलाई पुलिस विरुद्धको खेल जित्नै पर्ने दबाब थियो ।

सातौं चरणको समाप्तीमा लिग अंकतालिकाको शिर्ष स्थानमा रहने टीमले यसपटक एएफसी कपको छनोट खेल्ने गरि एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई आग्रह गरेको थियो। सोही अनुसार सातौं चरणको नतिजापछि मछिन्द्र शिर्ष स्थानमा रहँदै छनोट भएको हो ।

 
 
 
 

 

प्रतिकृया दिनुहोस्