×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रामेछापमा पहिरोले घर बगायो

रामेछापमा पहिरोले घर बगायो


रामेछाप -  अविरल बर्षासँगै आएको पहिरोले रामेछाप जिल्लामा एक घर बगाएको छ । रामेछाप नगरपालिका–१ गोठगाउँमा गएराति अबिरल वर्षासंगै खसेको पहिरोले एक घर पहिरोले बगाएको हो, भने एक घर पुरिएको छ । गोठगाउँको बाहुन टोलमा घरमाथिको सडकबाट बगेको पानी र लेदो घरमाथिबाट पसेसँगै तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा सामान्य क्षति भएको छ ।

बगाएको र पुरिएको  दुवै घर भिम प्रसाद सापकोटाको भएको रामेछाप नगरपालिकाका इन्जिनियर कुशुम भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले अन्य घरलाई क्षति हुनबाट रोक्नको लागि डोजर लगाएर सडकबाट पानी अन्यत्रै तर्काउने काम भइरहेको छ । पानीको कारण क्षति पुगेपछि रामेछाप नगरपालिकाका नगर उप्रमुख सृजना खड्काको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई खाद्यन्न र त्रिपाल हस्तान्तरण गरेको छ । 

प्रतिकृया दिनुहोस्