×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

३४८१ संक्रमित थपिँदा, १८८५ संक्रमणमुक्त

३४८१ संक्रमित थपिँदा, १८८५ संक्रमणमुक्त

नेपालमा बुधबार थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।bदेशभर गरिएको १० हजार ९०७ पीसीआर परीक्षणका क्रममा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ एन्टीजेन परीक्षणका क्रममा ८ सय ६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार १८० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ८ सय ८५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

हाल ३८ हजार ३३ सक्रिय संक्रमित आइशोलेशन र ३९९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३७ लाख १८ हजार ३०३ वटा पिसिआर र ३ लाख ७५ हजार ३९९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्