×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनकामना केबुलकार २५ औं वर्षमा प्रवेश

मनकामना केबुलकार २५ औं वर्षमा प्रवेश

काठमाडौं- मनकामना केबुलकारको संचालन २४औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । केबुलकारको स्थापनाकाल २०५५ साल मंसीर ८ गते देखि केबुलकारको नियमित संचालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको जनाएको छ ।

केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवशायहरुमा उल्लेख्य बृद्दि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।

साथै यस केबुलकारका संस्थापक स्व. लक्ष्मणबाबुु श्रेष्ठ हुन् । चितवनको ईच्छाकामना गाउंपालिका र गोरखाको शहिद लखन गाउंपालिकामा प्रत्येकलाई कूल आम्दानीको १.१ प्रतिशत प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्