×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भक्तपुरमा एक पुरूषको हत्या

भक्तपुरमा एक पुरूषको हत्या

काठमाडौं- भक्तपुरमा एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। उनका अनुसार शव रगताम्य अवस्थामा फेला परेको हो। प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो। मृतक मध्यपुर थिमी-८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन्।

उनको टाउकोमा चोट लागेको देखिएको छ। उनको काठमा फर्माले हिर्काएर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटनास्थल नजिकैबाट रगत लागेका फर्मा पनि भेटिएको छ।

उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। उनको शवको पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ।

प्रतिकृया दिनुहोस्