×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सूर्य थापाको टिप्पणी: प्रचण्डकाे भाषण र सर्वोच्चको फैसलामा हुबहु? मन्त्री बनाउने अधिकार अब सर्वोच्चकै हो ?

सूर्य थापाको टिप्पणी: प्रचण्डकाे भाषण र सर्वोच्चको फैसलामा हुबहु? मन्त्री बनाउने अधिकार अब सर्वोच्चकै हो ?

सर्वाेच्च अदालतकाे पछिल्लाे अन्तरिम आदेशप्रति प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्।

सर्वाच्च अदालतले मन्त्रिपरिषद विस्तार निर्णय बदर गरिदिएपछि २० मन्त्री पदमुक्त बनेका छन्। थापाले सर्वाेच्चकाे अन्तरिम आदेशप्रति २ वटा ट्वीट गरेका छन्। उनले पहिलाे ट्वीटमा लेखेका छन्- प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु?  माधव-रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु?'

 
'यो के भएछ?' भन्दै प्रश्न गरेका थापाले अगाडि भनेका छन्-देउवालाई २०७४ अधिकार थियो,अहिले ओलीलाई छैन? 
प्रतिष्ठा कायम रहोस्,बस?  मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो ?'thapa.PNG

थापाले बुधबार बिहान अर्काे ट्वीट गरेका छन्। लेखेका छन्- २०७४ असोज र ०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो? 'आफ्नै नजीर र व्याख्याविपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ। संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पु-याउने होला?,' उनकाे जिकिर छ।

thapa1.PNG

प्रतिकृया दिनुहोस्