काठमाडौं- र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ। दर्शकले उक्त शोलाई अत्यधिक मन पराएसँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ।
यसलाई मध्यनजर गर्दै उक्त टिमले पुनः नयाँ शोको घोषणा गरेका छन्। बुधवार एक कार्यक्रमका बिच र्याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो।
‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन्। बुधबार बेलुका ५ बजेदेखि २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ। सहभागीता जनाउन चाहनेले नेपाल र्याप को वेबसाइट http://www.nepalrap.com/ मा गएर डिजिटल अडिसन दिन सक्नेछन्। डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दामाथिको भिडियो पठाउनुपर्नेछ।
सुदिप पोखरेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन्। ‘ब्याटल भुमी’मा जजको रूपमा मानस घले, कवि जी रहेका छन् भने अर्का एक जजको पछि घोषणा गरिनेछ। यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन्।
साथै कार्यक्रमको असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहेका छन्। श्रावणबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेताले रु ५ लाख रुपैयाँ नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ।
‘नेपहप श्रीपेच’ हुँदा हुँदै अर्को कार्यक्रम किन आवश्यक पर्यो भन्ने प्रश्नमा र्याप गायक र ब्याटल गायक बिच पनि भिन्नता हुने भएकाले पनि ‘ब्याटल भुमी’ कार्यक्रम निर्माण गर्न लगेको निर्माताले बताए।
साथै उक्त कार्यक्रममा ‘नेपहपको श्रीपेच’मा सहभागी ‘डि एन एक्स’ को चर्चित गीत ‘इन्टु मिन्टु लन्डन’ को अफिसियल भिडियो ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरिएको छ।