×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोरोना संक्रमितको कारण बाँकेमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमितको कारण बाँकेमा थप दुई जनाको  मृत्यु

काठमाडौँ -६ भदौ । कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको उनले बताए । सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र  दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्