×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. जेठ २६, २०७९ । ई.सं. ९ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । बिहीबार ज्येष्ठ शुक्लपक्ष । तिथि-दशमी, २६:४५ बजे उप्रान्त एकादशी । नक्षत्र- हस्त, २४:३२ बजे उप्रान्त चित्रा । योग- व्यतीपात, २२:३६ बजे उप्रान्त वरियान् । करण- तैतिल १५:१० बजेदेखि गर, २६:४५ बजे उप्रान्त वव । चन्द्रराशि कन्या । आनन्दादि योग राक्षस । दिनमान ३४।२९ । सूर्योदय ५:०९ । सूर्यास्त १८:५७ । गङ्गादशहरा, रामेश्वरगंगापूजा, वज्रगुरु पद्यसंभवजयन्ती, हत्यामोचन तिर्थस्नान, गोसाई कुण्ड स्नान समाप्ती, रुरु रिडीक्षेत्रमा हृषिकशेत्सोत्व, वेहडाबाबामा जलर्पंण वैतडी विश्वनाथ मन्दिरमा दशहरामेला ।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा सुरुहुने र प्रगतिको वातावरण बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।मकर (भो

जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वादिलो परिकार पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । भौतिक सुख पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । -हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिकृया दिनुहोस्