×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्थमन्त्री शर्मा भन्छन्– अर्थतन्त्रको चुनौतीलाई संकट भन्न मिल्दैन

अर्थमन्त्री शर्मा भन्छन्– अर्थतन्त्रको चुनौतीलाई संकट भन्न मिल्दैन

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको चुनौतीलाई संकट भन्न नमिल्ने बताएका छन् । बिहीबार आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भए पनि यसलाई संकट भन्न नमिल्ने तर्क गरेका हुन् ।

‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ’, भउनले भने । आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने मन्त्री शर्माको भनाइ छ ।

नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको भन्दै उनले मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न आवश्यक रहेको बताए । यद्यपि राजस्व संकुचन र उत्पादन वृद्धि हुन नसकेको उनले स्वीकार गरे ।

नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । अब बन्ने सरकारले संस्थागत समृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्