×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीकाे सर्कुलर- वैशाख ५ भित्र उम्मेदवार टुङ्ग्याउनु, केन्द्रकाे स्वीकृतिबिना गठबन्धन नताेड्नु

माओवादीकाे सर्कुलर- वैशाख ५ भित्र उम्मेदवार टुङ्ग्याउनु, केन्द्रकाे स्वीकृतिबिना गठबन्धन नताेड्नु

काठमाडाैँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले वैशाख ५ भित्र उम्मेदवार टुङ्ग्याउन सर्कुलर जारी गरेकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेकाे सर्कुलरमा स्थानीय तहस्तरका पार्टी कमिटिहरूले वैशाख ५ सम्म आसन्न स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याइसक्नुपर्ने भनिएकाे छ । 

यस्तै जिल्ला तथा स्थानीय तहका पार्टी कमिटीलाई केन्द्रकाे स्वीकृतिबिना गठबन्धन नताेड्न भनिएकाे छ । केन्द्रीय संयन्त्रले आवश्यक ठानी बनाएकाे गठबन्धन स्थानीय तह कमिटीहरूले बिनास्वीकृति गठबन्धन नताेड्न भनिएकाे छ । एक नेताले बताएअुनसार माओवादी केन्द्रले यदि ताेड्नैपर्ने अवस्था आएपनि केन्द्रकाे स्वीकृति लिएर मात्रै ताेड्न भनिएकाे छ ।

यस्तै स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित हुनुपर्ने भन्दै प्रत्येक जिल्लाबाट कम्तीमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउन भनिएकाे छ ।

प्रतिकृया दिनुहोस्