काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाडेर नयाँ वर्षको सुरुवात गरेका छन् । सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री लामिछानेले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।
आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका छन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।
सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मन्त्री लामिछानेलले लड्डु बाढेका थिए ।
नयाँ वर्ष मनाउने क्रममा गृहमन्त्रीको टोलीमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायतका प्रहरी अधिकृत सहभागी थिए ।
शुभकामना आदान प्रदानका क्रममा मन्त्री लामिछानेले कर्तव्य पालनामा कुनै कमी नगर्न प्रहरीलाई अनुरोध गरेका थिए ।