×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप क्रिकेट लिग टू खेल्ने नेपाली टिमको बिदाइ

विश्वकप क्रिकेट लिग टू खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौँ- युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्ने नेपाली राष्ट्रिय टिमको विदाइ गरिएको छ । शुक्रबार खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टिमलाई बिदाई गरे ।नेपाली टिम श्रीलंकामा चारवटा अभ्यास खेल खेलेर उतैबाट १४ मार्चमा युएई जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालले लिग टू मा घरेलु टिम यूएई र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालले अहिलेसम्म आठ मध्ये चार खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ । क्यानले हिजो प्रतियोगिता खेल्ने १६ जना खेलाडी समेट्दै राष्ट्रिय टिम घोषणा गरेको थियो ।

बिदाई कार्यक्रममा मन्त्री गहतराजले खेलकुदको विकासका लागि सरकार गम्भीर भएर लागिरहेको दाबी गरे । क्रिकेटका कप्तान सन्दीप लामिछानेले टिमले राम्रो तयारी गरेको र कमी र कमजोरी सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्