×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धादिङमा बस र कार ठोक्किँए, पाँच जनाको मृत्यु

धादिङमा बस र कार ठोक्किँए, पाँच जनाको मृत्यु

काठमाडाैँ- पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१-०२६-च २९६८ नम्बरको कारलाई आइतबार ठक्कर दिएको हो । 

दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीकाअनुसार दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ ।

घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका-११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाडौंमा उपचार चलिरहेको छ । उनी बसमा सवार थिए ।

प्रतिकृया दिनुहोस्