काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न ४ बजे बैठक बोलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जानकारी दिइन् । मन्त्री यादवका अनुसार आजको बैठकमा बाढी पहिरो तथा डुबान पीडितलाई क्षतिपूर्ति तथा राहतको विषयमा निर्णय हुनेछन् । यस्तै सरकारका नियमित कामकारबाहीका बारेमा समेत बैठकमा छलफल हुने उनले बताइन् ।