काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।
भोलि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकमा सभापति देउवा र नेता पौडेल सहभागी नहुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
भोलिको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र संरचना समायोजन र महाधिवेशनबारे छलफल गर्न पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो,’ स्वकीय सचिव देउवाले भने, ‘त्यसमा उपसभापति, महामन्त्रीलगायतका पदाधिकारीसहित नेताहरू सहभागी हुनुहुन्छ । सभापति र वरिष्ठ नेता सहभागी हुनुहुन्न ।’ बैठक अहिले चलिरहेको छ।