×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्डको आग्रह- ‘सुरक्षित रहेर चाडपर्व मनाऔँ’

प्रचण्डको आग्रह- ‘सुरक्षित रहेर चाडपर्व मनाऔँ’

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् । बुधबार परेको छठ पर्वको शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । ‘अझै पनि कोरोना भाइरस (कोभिड–१९) का कारण सहज रूपमा चाडपर्व मनाउने अवस्था छैन,’ प्रचण्डल भनेका छन्, ‘स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबैमा अपील छ ।’

छठ पर्व सबैको साझा भएको उल्लेख गर्दै प्रचण्डले नेपालमा विविधतापूर्ण मौलिक पहिचान भएको बताएका छन् । ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधता नेपालको विशेषता हो,’ प्रचण्डले भनेका छन् ।नागरिकहरूबीच धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यबद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्ने प्रचण्डले स्मरण गराएका छन् ।

प्रतिकृया दिनुहोस्