×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसदलाई ओलीकाे निर्देशन- स्थानीय निर्वाचनका लागि जनतासँग ‘नङ-मासु’काे सम्बन्ध बनाउनु

सांसदलाई ओलीकाे निर्देशन- स्थानीय निर्वाचनका लागि जनतासँग ‘नङ-मासु’काे सम्बन्ध बनाउनु

काठमाडाैँ- प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टीले ठूलाे जनमत पाउने दाबी गरेका छन् । बुधबार बानेश्वरस्थित ल्हाेत्से हलमा बसेकाे संसदीय दलकाे बैठकलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ओलीलाई उद्धृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भनेका छन्— ‘स्थानीय निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशतसम्म मत ल्याउँछ ।’ 

ओलीले यसका लागि जनतासँग ‘नङ-मासु’काे सम्बन्ध बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । ‘आफू नेताजस्ताे नभइ कार्यकर्ताजस्ताे बनेर/खटेर पार्टीलाई जित दिलाउनुपर्छ,’ उनले भनेका छन्, ‘यसका लगि जनताहरूसँग नङमासुकाे सम्बन्ध बनाउनुपर्छ । यसमा सांसदहरूलाई म निर्देशन दिन्छु ।’

प्रतिकृया दिनुहोस्