×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिविले समकक्षता निर्धारण कार्य पूर्ण रूपमा बन्द गर्‍यो, अब विश्वविद्यालय अनुदान आयोगले हेर्ने

त्रिविले समकक्षता निर्धारण कार्य पूर्ण रूपमा बन्द गर्‍यो, अब विश्वविद्यालय अनुदान आयोगले हेर्ने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ। केन्द्रले एक आधिकारिक सूचना प्रकाशित गर्दै 'केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२' को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको जनाएको हो।

नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ। यो व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिवि पाठ्यक्रम विकास केन्द्रले मिति २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ।

२०८३ साल असार ३२ गते प्रकाशित सूचना अनुसार साउन १ गतेभन्दा पछि समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाहरूले अब विश्वविद्यालय अनुदान आयोगमा सम्पर्क गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्