काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री सिंह लामाले राजीनामा दिने योजना बनाएका छन्।
बैठकपछि मुख्यमन्त्री लामाले औपचारिक रूपमा राजीनामा दिने बताइएको छ।
आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाइसकेका छन् ।
कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिने भएका हुन
सोही सन्दर्भमा दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको ती मन्त्रीको भनाइ छ ।
आफ्नो कार्यकालमा सहयोग गरेका विभिन्न दल, कर्मचारी लगायतलाई धन्यवाद दिनका लागि मुख्यमन्त्री लामाले बैठक बोलाइएको उनले बताए ।
बैठकपछि औपचारिक रूपमा राजीनामा दिने बताइएको हो ।