काठमाडौं - पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । नौ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका थिए ।
सरकारी वकिल कार्यालयले दिएको जानकारीअनुसार उनलाई हाजिर जमानीमा छाडिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार महराको स्वास्थ्यको कारण उनका छोरा निर्मलको जिम्मा जमानीमा छाडिएको हो ।
महराको बयान बिहीबार नै सकिएको थियो । महराको बयान बिहीबार नै सकिएको थियो । पक्राउ परेलगत्तै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालबाट लगेर महराको बयान लिइएको थियो । स्रोतले दिएको जानकारीअनुसार महराले इन्कारी बयान दिएका छन् ।