काठमाडाैँ- युक्रेनकी प्रथम महिलाले युक्रेनी नागरिकको नरसंहारको निन्दा गर्दै खुलापत्र लेखेकी छन् ।ओलिना जेलेन्स्काले लेखेकी छन्,’रुसले अतिक्रमण गर्ला भन्ने कुरा पत्याउन असम्भव थियो । रुसी आक्रमणले लाखौँ मानिसका लागि त्रासदीपूर्ण वास्तविकता सिर्जना गरेको छ,खासगरी बालबालिकाका लागि ।’
तर प्रतिवाद गर्ने युक्रेनी नागरिकको कदमको उनले प्रशंसा पनि गरेकी छन् । उत्तेजना फैलाउनले पुटिनले युक्रेनमाथि बमबारी गर्ने ठानेका थिए। तर उनले हाम्रो देश, हाम्रा मानिस र हाम्रो देशभक्तिलाई कम आँके।’
अन्तर्राष्ट्रिय सहयोग र राहत प्रयासका लागि कृतज्ञता जाहेर गर्दै उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा बाँकी विश्वलाई जे भइरहेको छ त्यो देखाउन र सत्य देखाउन अपील गरेकी छन् । ‘परमाणु युद्ध शुरू गर्ने धम्की दिने गरेका पुटिनलाई यदि हामी रोक्दैनौँ भने हाम्रो लागि विश्वमा कतै सुरक्षित ठाउँ हुने छैन ।’ -बीबीसी