×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बजेट संशोधन गर्नैपर्ने सांसदहरुको अडानपछि सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बजेट संशोधन गर्नैपर्ने सांसदहरुको अडानपछि सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी- आगामी आर्थिक वर्ष २०७९र८० का लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने पर्ने अडानबाट सांसदहरु पछि नहटेपछि आज पनि प्रदेशसभा बैठक स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठकमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान दोहो¥याएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेशसभा सदस्यहरुकै असहमतिका कारण १२ जेठमा बस्न नसकेको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भरतबहादुर खड्काले बजेट संशोधन गर्नुपर्ने माग सरकारले सम्बोधन नगरेसम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकिने अडान राखेका थिए । उनकाअनुसार बिहीबारको बैठकमा सहभागी सबै दलले एकै स्वरमा जसरी पनि बजेट संशोधन गरिनुपर्ने अडान लिएपछि प्रदेश सरकारको आग्रहमा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । बैठकमा प्रमुख विपक्षी नेकपा एमाले र जनता समाजवादी पार्टी सहभगी थिएनन् ।

सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यहरुकै अवरोधका कारण असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस्