“दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीबन्दीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा बस्ने अवधारणाअनुसार बाँकेमा खुला कारागार बनाइएकोे हो ।” उहाँले भन्नुभयो, “खुला कारागार सञ्चालनका लागि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआउँदा अन्योलमा छौँ ।” तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिनमा पौने दुई करोडका लगानीमा कारागारको संरचना निर्माण भएको जनाइएको छ । “राम्रो आचरण भएका कैदीबन्दीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो”, कारागार प्रमुख सोनकरले भन्नुभयो ।
खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन् । “सबै पूर्वाधार प्रयोगविहीन छन्, कारागारका चौकीदार जगराम चौहानले भन्नुभयो, “११ वर्षदेखि मैले नै कुरेर बसेको छु, भवन प्रयोगमा छैनन्, भएका भवनको संरक्षण नहुँदा जीर्ण बनिरहेको छ, कसैलाई वास्ता छैन ।” बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खुला कारागार सञ्चालनका लगि सम्बन्धीत निकायसंग समन्वय गरिरहेका जानकारी दिनुभयो । अधिकारकार्मी वसन्त गौतमले भन्नुभयो, “ खुला कारागार भवन सञ्चालनमा सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ ।” (रासस)