×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माधव नेपालले गरे सरकारमा जाने सङ्केत

माधव नेपालले गरे सरकारमा जाने सङ्केत

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने सङ्केत दिएका छन् । गैर भौगोलिक कमिटीका नेताहरूलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने सङ्केत दिएका हुन् ।

भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि विकसित घटनाक्रमबारे जानकारी दिएका थिए ।

ब्रिफिङकै क्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजाने भन्ने सुझावसमेत माग गरेका थिए । सरकारमा गएर जनतासँग जोडिने मन्त्रालय लिएमा पार्टी निर्माणमा सहयोग पुग्ने सुझाव अध्यक्ष नेपाललाई दिइएको ती नेताले बताए ।

उनका  अनुसार प्रतिपक्षमा बसेर जनताको काम गर्न सकिँदैन, बरु राम्रो मन्त्रालय लिएर सरकारमा जानु नै उचित हुन्छ भन्ने धेरैको मत छ । तर नेकपा एमालेसँग तत्काल एकतामा जान हतार हुने सुझाव धेरैले दिएका छन् ।

अध्यक्ष नेपालले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै कुरा भए पनि पार्टी एकतासम्मको कुरा नभएको ब्रिफिङ गरेका थिए । तर प्रधानमन्त्री प्रचण्ड सहित एमाले र माओवादी नेताहरुले सरकारमा सहभागी हुन गरेको प्रस्तावमाथि पार्टीमा छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन् । उनले सोचेरै निर्णय लिन विभिन्न पक्षसँग कुराकानी भइरहेको बताएका छन् । ओली, प्रचण्ड, वामदेव गौतमदेखि घनश्याम भुसाल र भीम रावलसँग पनि कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भइरहेको अध्यक्ष नेपालले बताएका छन् ।

प्रतिकृया दिनुहोस्