×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सौगात र सृष्टिको ‘माइकल अधिकारी’को गीत रिलिज

सौगात र सृष्टिको ‘माइकल अधिकारी’को गीत रिलिज

काठमाडौं- अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘माइकल अधिकारी’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘छुक छुक रेल गाडी’बोलको रोमान्टिक गीतमा स्वर प्रताप दास र अस्मिता अधिकारीको रहेको छ। शैलेश कंडेल क्षेत्रीको शब्द रचना रहेको गीतमा संगीत रेभन सिंहको रहेको छ। गीतको भिडियोमा कमल राइको कोरियोग्राफी रहेको छ। भाद्र ३ गते बाट प्रदर्शनमा आउने चलचित्रको केहि दिन अघि मात्र ट्रेलर सार्वजनिक गरिएको थियो।

रन्जित रौनियारको कथा एवं निर्देशन रहेको ‘माइकल अधिकारी’ गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायाँकन रहेको फिल्मलाई मित्र डि गुरूङले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्