×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

साउन २९ बाट चलचित्र ‘लभ सर्कल’

साउन २९ बाट चलचित्र ‘लभ सर्कल’

चलचित्र ‘लब सर्कल’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । थ्रीलर जनरामा निर्माण भएको चलचित्रको पोस्टरमा नाजीर हुसेन, मुकुन भुसाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेत र कमेडी च्याम्पियनबाट चर्चामा आएका दलेका उपनामले चिनिएका सुमन कोइराला रहेका छन् ।

चलचित्र ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । चलचित्रलाई डिजिटल प्ल्याटफर्म डीस होममा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्र वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

अङ्कित बाबु अधिकारीको सङ्गीत, श्रीधर अभिमन्यु निरवीको लेखन रहेको यो चलचित्रमा दिव्य सुवेदीको छायाङ्कन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । चलचित्र यही २९ साउनबाट रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिकृया दिनुहोस्