×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माघे संक्रान्ति सिंगो नेपाल जोड्ने साझा पर्व हो : झलनाथ खनाल

माघे संक्रान्ति सिंगो नेपाल जोड्ने साझा पर्व हो : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माघे संक्रान्ति हिमाल, पहाड र तराईका जनताको साझा पर्व भएको बताएका छन् । मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो सिंगो नेपाल जोड्ने पर्व भएका बताएका हुन् । 

माघे संक्रान्ति परम्परागत रूपमा मनाउँदै आएको महत्त्वपूर्ण पर्व भएको उनको भनाई छ । ‘नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाड पर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार मनाउँदै आएका छन्,’ नेता खनालले भनेका छन्, ‘मकर संक्रान्ति तथा माघी पर्वपनि विभिन्न जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएको एउटा महत्त्वपूर्ण पर्व हो । माघे संक्रान्ति हिमाल, पहाड र तराईका जनताको एउटा साझा पर्व हो । यो पर्व उँधौली र उभौलीको सीमा पनि हो ।’

उनले चाडपर्वहरूले हाम्रा परम्परागत मौलिक संस्कृतिहरूको जगेर्ना गर्ने गरेको पनि बताए । ‘यस्ता चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरूको जगेर्ना गर्नेछ र एकआपसमा पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ,’ उनले सन्देशमा भनेका छन् ।

प्रतिकृया दिनुहोस्