×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभा समानुपातिक : एमालेले कटायो २८ लाख मत, अरू पार्टीको कति ?

प्रतिनिधिसभा समानुपातिक : एमालेले कटायो २८ लाख मत, अरू पार्टीको कति ?

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ २८ लाख मत कटाएको छ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत पाएको हो। त्यस्तै, नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत प्राप्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीले २ लाख ९५६ हजार ९० मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० मत पाएका छन्। यस्तै नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ प्राप्त गरेको छ। राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ प्राप्त गरेको छ।

प्रतिकृया दिनुहोस्