×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

सुनको भाउ एकैदिन ९०० रूपैयाँले बढ्यो

सुनको भाउ एकैदिन ९०० रूपैयाँले बढ्यो

काठमाडौँ-साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ वृद्धि भएको छ । असोज १५ गते, शुक्रबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने सुनको भाउ २०० रुपैयँले घटेर प्रतितोला ८८ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १४० रुपैयाँ तोकिएको हो । बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले गिरावट भई प्रतितोला एक हजार १२० रुपैयाँ कायम भएको थियो ।

प्रतिकृया दिनुहोस्