×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावका कारण बैतडी र दार्चुलाका सीमा नाका बन्द हुने

चुनावका कारण बैतडी र दार्चुलाका सीमा नाका बन्द हुने

बैतडी - भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, भारतमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) मा हुने निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सहयोग पुर्‍याउने उद्देश्यले भारतीय पक्षको अनुरोधमा उक्त निर्णय लिइएको जानकारी दिनुभयो ।

प्रशासनको तालिकाअनुसार, दार्चुलाको पुलघाट नाका आगामी साउन ५ गते (जुलाई २१) को साँझदेखि साउन ८ गते (जुलाई २४) को बिहानसम्म बन्द रहनेछ । त्यसैगरी, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ ।

यद्यपि, उक्त अवधिमा कुनै आकस्मिक वा मानवीय कारणले नाका खोल्नुपरेमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायको आपसी सहमतिमा खोल्न सकिने व्यवस्था मिलाइएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्