×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

दशैँ बिशेष: नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ ?

दशैँ बिशेष: नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ ?

काठमाडौं- दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ। यो नेपालीहरूको प्रमुख पर्व हो। विशेष गरी हिन्दु धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो। ऋहिले जताततै दसैँको रोनक चलेको छ कलाकारदेखी सेलेव्रिटीदेखि सर्वसाधारण दसैँको तयारीमा व्यस्त छन् । कोही टाढा भएका परिवारसङ भेट्न आतुर छन् । भने कोही गाउँ जानलाई पछिल्लो समय कोराना भाइरसको कारणले गर्दा कतिपयको यसपालिको दसै भने खल्लो नै हुने भएको छ भने कसैको सदैव झैँ । केही कलाकारले दसैको विषयमा इन्द्रेणी टाइम्ससंग गरेका कुराकानीहरू : 

अभिनेत्री मिथिला शर्मा- 

मान्यजनहरुबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर सामान्य हिसाबले दसैं मनाउने उनको सोचाई छ ।  पछिल्ला केही वर्षको विजया दशमी आफन्त गुमाइर खल्लो नै भयो   यसपालीको  विजया दशमी भने केही सबै परिवार एकै ठाउँमा बसेर मनाउन पाइने भएको छ । बाहिर जाने केही योजना छैन घरमै बसेर परिवारमा खुशी भई दशैँ मनाउने छौं । उमेर अनुसार रहरपनि मर्दै जाने रहेछ अहिले त  परिवारको खुशीमा सामेल हुनेमात्र हो खासै उल्लासा अनि बाहरि घुमघाम भने छैन ।

नायिका- नीता ढुंगाना: अरूको खुसी हेरिन्छ

मलाई दसैं पर्व निकै रमाइलो लाग्छ । यसमो रमाइलो पक्ष भनेको ठूलाबडाको हातबाट टिका लगाउन पाइन्छ । आर्शिवाद थाप्न पाइन्छ । यस्तै, लामो समयदेखि नभेटेका इष्टमित्र र आफन्त अनी साथीभाइलाई भेट्न पाइन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने–ख्वाउने, घर आगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।  सानो उमेर बेलाको दसै र ठुलो भएपछिको दसैमा धेरै फरकपन पाउने निता बताउँछिन् । उनी भन्छिन् -सानोमा नयाँ लुगा लगाउने मिठो खाना खाने पिङ खेल्ने लगायतका खुसीहरू हुन्थे त्यहाँ आफनो खुसी मात्र हेरिन्थ्यो तर अहिले अरूको खुसी हेरिन्छ त्यही नै हो । सानो हुँदा केही कुरामा ध्यान नजानी राम्रो चिज हेरिने तर उमेर बढ्दै जाँदा जिम्मेवारी पनि बढ्ने उनको भनाई छ ।

अभिनेत्री बेनिशा हमाल- सपिङ गर्न बाँकी छ  
अभिनेत्री बेनेशी हमाल यसपालिको दसै चितवनमा आफनै परिवार सँग मनाउने बताउँछिन् । अभिनेत्री हमालले पनि सानो उमेरमा र अहिलेको दसैमा फरकपन महसुस भएको अनुभव मेरो फिल्म सँग साटेकी छन् । उनी भन्छिन् अहिले व्यवहारिक भइयो सानोमा जस्तो खुसीको महसुस हुँदैन अहिले त कामको मात्र तनाव हुन्छ । उनले यसपालिको सपिङ गर्न बाँकी छ । सुटमा ब्यस्त रहेकोले उनी फुलपातीको दिन घर गएसीमात्रै दशैं आएको महसुस हुने  बताउँछिन् ।

हास्यकलाकार- सिताराम कट्टेल

हास्य बिधाका प्रख्यात कलाकार सिताराम कट्टेल (धुर्मुस) यो पालिको दशैँमा उमंग छाएपनि आफनो हजुरआमा को मृत्युको कारण दशैँ खल्लो भएको बताउछन ।  मलाई दसैं पर्व निकै रमाइलो लाग्छ । यसमो रमाइलो पक्ष भनेको ठूलाबडाको हातबाट टिका लगाउन पाइन्छ । आर्शिवाद थाप्न पाइन्छ । यस्तै, लामो समयदेखि नभेटेका इष्टमित्र र आफन्त अनी साथीभाइलाई भेट्न पाइन्छ । यसपाली भने आफनो टिकाटालो नचल्ने भएपनि तर पनि उनी परिवारसंगै समय बीताएर दशैं मनाउने बताउछन ।

गायक शिव परियार-

चाडपर्वका बेला परिवारसँगै खुसी साटासाट हुने भएकाले दशैँ तिहार यो दुई पर्व  दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ। शक्तिवादका अनुयायीहरूका लागि, यो देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ। हिन्दू धर्मशास्त्रमा महिषासुर दानवले देवलोक (देवताहरू बस्ने संसार)मा आतङ्क मच्चाएका थिए तर दुर्गाले राक्षसहरूलाई मारेकी थिइन्। दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धको प्रतीक हो। गाउँघरमा बसोबास गर्ने धेरै मानिस गरिबीको रेखामुनि रहेकाले उनीहरूका लागि नयाँ लुगा दशैँसँगै मात्र किनमेल गरेको पाइन्छ। लगभग सबै पसलहरूमा उत्सव प्रस्तावहरू र छुटहरूका साथ सामानहरू बिक्री गरिन्छ। यसले किनमेललाई थप आकर्षक बनाउँछ। यसअर्थपनि यो एकदम महत्वपुर्ण चाड हो भन्दै जुवातास खेल्ने र झैझगडा गर्ने क्रियाकलाप मन नपर्ने उनी बताउँछन् । राम्रो संग संस्कृति र संस्कारलाई अगाडी लैजान पर्ने उनको भनाइ छ ।

अभिनेत्री अनु शाह

मलाई दसैं पर्व भन्ने वित्तिकै आफैमा रमाइलो लाग्छ । मुख्यतया यो चाडको रमाइलो भनेको लामो समयदेखि भेटघाट नभएका आफन्तसँग भेट्न पाउनु हो । यस्तै, बर्ष दिनभरी काम गरेर थाकिएको हुन्छ, आफन्त र परिवारलाई समय दिन पाइदैन । यो चाडमा भने परिवार र आफन्तसँग समय बिताउन पाइन्छ । यो निकै रमाइलो छ ।मलाई यो चाडको मुख्य रमाइलो पक्ष भनेकै पारिवारिक भेटघाट नै हो । परिवारसँग भेटघाट गरेर रमाइलो गर्न पाउने भएकाले दसैं विशेष मनपर्छ ।

कलाकार,निर्माता तथा निर्देशक दिपक राज गिरी

दशैँ चाड उनका लागि अत्यन्तै लोकप्रिय रहेको बताउछन् ।  यति बेला गीरी डेङ्गु संग लडिरहेका छन । उनको दशैँ घरमै मनाउने योजनामा छन दिपक । घरमा बुबाआमा, आफन्तको हातबाट टीका लगाउने,  नानीबाबुलाई टीका लगाइदिने, घरमै रमाइलो गरेर दसैँ मनाउने उनको योजना छ । उनी आफनो स्वास्थले दुख दिएको कारण बेड रेस्टमा छन दिपकलाई सु-स्वास्थलाभको कामना ।

 

 

 

 

प्रतिकृया दिनुहोस्