×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु, ८ सय ६८ संक्रमित

कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु, ८ सय ६८ संक्रमित

काठमाडौँ- नेपालमा थप ८ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय १४ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार ९१ एन्टीजेन परीक्षणका क्रममा ३ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १४ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ हजार ८ सय ८५ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्