×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बाबर, रिजवान र शाहिनलाई ग्लोबल टी-२० खेल्न पाकिस्तानद्वारा अस्वीकार

बाबर, रिजवान र शाहिनलाई ग्लोबल टी-२० खेल्न पाकिस्तानद्वारा अस्वीकार

काठमाडौं - पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी)ले क्रिकेटर बाबर आजम, शाहिन अफ्रिदी र मोहम्मद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी–२० खेल्न अनुमति दिन अस्वीकार गरेको छ ।

तीन खेलाडी र चयन समितिसँग परामर्शपछि बोर्डले नोऑब्जेक्शन सर्टिफिकेट (एनओसीं) अस्वीकार गरेको हो ।

पीसीबीले गत हप्ता हन्ड्रेड खेल्न नसिम शाहको एनओसी पनि अस्वीकार गरेको थियो । बाबर र रिजवान भ्यानकुभर नाइट्स र शाहिन टोरोन्टो नेशनल्समा आवद्ध भएका थिए । उक्त लिगमा नेपालका ३ खेलाडी पनि अनुबन्ध भएका छन् ।


दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित पौडेल टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।
जुलाई २५ देखि अगस्ट २१ सम्म टी–२० लिग हुँदै छ ।

प्रतिकृया दिनुहोस्