काठमाडाैँ- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल र कानूनी परामर्श लिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनविद्हरूलाई बाेलाएका छन् । प्रधानमन्त्री देउवाले बुधबार दिउँसाे साढे ३ बजे बाेलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार १५/२० जना कानूनविद्हरू दिउँसाे ३ बजेपछि प्रधानमन्त्री सरकार निवास बालुवाटार पुग्दैछन् । यसअघि सत्तारुढ दलकाे बैठकले राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर गम्भीर गल्ती गरेकाे निष्कर्ष निकालेकाे छ ।