काठमान्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन हिजोदेखि काठमाडौंमा शुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै नेताहरुले अहिलेको परिस्थितिमा राष्ट्रिय एकताको महत्व झन बढेको दावी गरेका छन् । तीनदिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र जारी छ ।
फेरिपनि अदक्ष्यमा कमल थापा ले जित्ने हिसाबले घोसणा गरिसक्नुभएको छ भने बाकि दुइ जना अदक्ष्य जो पशुपति शर्मा जबरा साथै डा. प्रकाशचन्द्र लोहनी ले आफु नेतृत्व मा नउठ्ने तर राप्रपा का एकमात्र सांसद राजेन्द्र लिंग्देन लाइ साथ दिने कुरा सुन्नमा आएको छ । डा. प्रकाशचन्द्र लोहनी राजेन्द्र को पक्षमा खुलिसक्नु भएको छ भने पशुपति शर्मा जबरा हिजो सम्म कमल थापा लाइ साथ दिने भन्नुभएको थियो तर आज फेरी राजेन्द्र को पक्षमा उभिएका छन् । बन्द्रसत्र को माहोल र दुवै जना अदक्ष्य को साथ लाई अड्कल लगाउदा पक्कापक्की राजेन्द्र लिग्देंन नेतृत्व मा आउने देखिन्छ ।