×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेकपा एसको पोलिटब्युरो बैठक आज पनि बस्दै

नेकपा एसको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज पुनः बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने समय तय भएको छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ ।

बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको छ ।

प्रतिकृया दिनुहोस्