×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

लाेसपा एमसीसीकाे पक्षमा उभिने

लाेसपा एमसीसीकाे पक्षमा उभिने

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसीसीकाे पक्षमा उभिने भएकाे छ । अहिले सत्तारुढ गठबन्धनमा एमसीसीलाई नै लिएर मनमुटावसमेत शुरू भइरहेकाे बेला लाेसपाले यस्ताे निर्णय गरेकाे हाे ।

लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरू एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन,’ उनले भने— ‘संसद् बैठकमा पेस भए पक्षमा मतदान गर्छाैँ ।’

गठबन्धनमा रहेका कांग्रेबाहेकका अन्य दलहरू भने एमसीसीकाे विपक्षमा उभिएका छन् । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले एमसीसी संसद्‌मा पेस गर्ने तयारी गरेको जानकारी गराएपछि अन्य दलहरूले पेस हुन नहुने बताउँदै आएका छन् ।

आइतबार एमसीसीका सन्दर्भमा साझा धारणा बनाउन भन्दै सत्तारुढ गणबन्धनकाे बैठक बसेकाे थियाे । उक्त बैठकले झलनाथ खनालको नेतृत्वमा एक अध्ययन समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्