×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

काठमाडौं- बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षीया गंगा चन्दलाई शुक्रबार बिहान आक्रमण गरेर लगेपछि बाघ खप्टी नाला क्षेत्रमा बसेको थियो । स्थानीय, सुरक्षाकर्मी र वनकर्मी महिलाको खोजीमा जुटेका थिए । खोजीका लागि ड्रोन क्यामेरा पनि प्रयोग गरियो । उक्त क्यामेरामा महिला नदेखिए पनि बाघ भने झाडीमा सुतेको देखिएको थियो ।

खोजीमा जुटेकामाथि नै बाघले झम्टिन खोजेपछि सबै भागे । प्रहरीले ६ राउण्ड हवाई फयर पनि गर्‍यो । त्यसपछि डाट गरेर लठ्याएर नियन्त्रणमा लिन बर्दियाबाट प्राविधिक टोली बोलाईयो । उक्त टोली राती अबेर पुगेपछि घटना भएकन दिन बाघलाई नियन्त्रणमा परेन ।

बाघलाई नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम र डिभिजन वनको टोली जुटेको थियो । निकुञ्जका हात्ती समेत प्रयो गरिएको थियो । राति डाट गर्न नसकेपछि शनिबार बिहानै डाट गरेर बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए । उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा र बर्दिया संरक्षण कार्यक्रमको टोलीले टोलीले डाट गरेर बाघलाई नियन्त्रणमा लिए । बर्दिया राष्ट्रिय निकुञ्जका भेटरीनरी डाक्टर दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका भेटरीनरी आभास श्रेष्ठ सहयोगमा डाट गरिएको हो ।

नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै राखिएको छ । डाट गरेर नियन्त्रणमा लिएपछि एन्टी डाट गरेर पुनः होसमा ल्याइसकिएको निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन सिंह ठगुन्नाले बताए । उनका अनुसार बाघ बयस्क छ । अन्दाजी ५ वर्षसम्म पुगेको हुन सक्ने देखिन्छ । बाघलाई आहारा भने केही दिइएको छैन । उक्त बाघलाई पशु चिकित्सकको टोलीसहित ललितपुरको जाउलाखेलस्थित चिडियाखानामा पठाइएको सहायक संरक्षण अधिकृत ठगुन्नाले बताए । ‘विभागबाट पनि बाघलाई चिडियाखानामै पठाउन निर्देशन भइसकेको छ’, उनले भने ।

 

प्रतिकृया दिनुहोस्