×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बई ६ विकेटले पराजित

आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बई ६ विकेटले पराजित

 काठमाडौं - इण्डियन प्रिमियर लिग(आईपीएल)क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ ।

यो जितसँगै दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा मात्र पुगेन, अघिल्लो वर्षको फाइनलमा मुम्बईसँग हारेको बदलासमेत लियो ।
चेन्नाईको मैदानमा भएको खेलमा दिल्लीले १३८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

दिल्लीको जितमा अमित मिश्राको प्रदर्शन शानदार रह्यो । मिश्राले मुम्बईका कप्तान रोहित शर्मा, किरोन पोलार्ड, हार्दिक पाण्ड्या र इशान किशनलाई आउट गरे । उनी म्यान अफ द म्याच चुनिए ।

ब्याटिङतर्फ शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ र ललित यादवले नटआउट २२ रन बनाए ।

मुम्बईका जसप्रित बुमराह, राहुल चाहर, किरोन पोलार्ड र जयन्त यादवले एक-एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।

सूर्यकुमार यादवले २४ रन र इशान किशनले २६ रन जोडे ।

प्रतिकृया दिनुहोस्